aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्यो

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी)कोे संस्थापक सेयर आज सोमबारदेखि बिक्री खुला गरेको छ । प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको  कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा भदौ १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल  काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
 
 

प्रतिक्रिया दिनुहोस