aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ । उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा पाइप विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप विस्तारको काम गरिरहेको छ । 

उनका अनुसार निर्देशनालयले पाइप विस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप विस्तार गरिएको हो । उनले भने, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”

गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाइको ढल विस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयका अभावमा वर्षेनी वर्षाका समयमा सडक पानीले भरिने गरेका छन् । 

उनका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थानमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने, “ढल निर्माणको काम मुख्य सडक र भित्री सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस