
एजेन्सी । भारतको महाराष्ट्रमा सोमबार साँझ पाँच तले अपार्टमेन्ट भत्किदा एकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सो अपार्टमेन्टमा करिब ७० मानिस भित्र फसेको आशंका गरिएको छ ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार ७ जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । यस्तै १५ जनाको सकुशल उद्धार गरिएको छ ।
मुम्बईदेखि १७० किलोमिटर टाढा रहेको महद सहरमा भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । १० वर्ष पुरानो सो घरमा ५० परिवार रहँदै आएको बताइएको छ ।
भारतमा मनसुनका बेला यस्ता घरहरू भत्किनु त्यति अनौठो भने होइन । बीबीसीका अनुसार यस वर्षको मनसुनमा हालसम्म ८ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस