aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुनको मूल्य घट्ने क्रम जारी, आज पनि तोलामा ७ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
सुनको मूल्य घट्ने क्रम जारी, आज पनि तोलामा ७ सयले घट्यो

काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । आज पनि सुनको मूल्य तोलामा ७ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस