काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाहरूलाई जरिवाना नलिने भएको छ । यो सँगै बन्दाबन्दीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाउँदा जरिवाना लाग्ने भय हटेको छ ।
तर निश्चित समयाबधी भने तोकेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भदौ मसान्तसम्म नवीकरण गर्न पाउने जनाएको छ ।
विभागका अनुसार बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएको छ । यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन ।
नेपाल सरकारको साउन ५ गतेको जरिवाना मिनाहाको निणर्य कार्यान्वयनको लागि विभागको ‘सिस्टम मोडिफिकेसन’ समेत भइसकेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस