aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मास्क नलगाउने ४ लाखभन्दा बढी मानिस कारबाहीमा परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
मास्क नलगाउने ४ लाखभन्दा बढी मानिस कारबाहीमा परे

काठमाडौं । गृहमन्त्रालयले कोभिड १९ सम्बन्धी मापदण्ड र प्रोटोकल पालना नगर्नेहरुलाई धमाधम कारबाही गर्दै छ । गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हालसम्म मास्क नलगाइ हिड्ने ४ लाख ६४ हजार २१६ जनालाई कारबाही गरेको जनाएको छ ।

 त्यस्तै, ३ लाख ९० हजार ५४५ जनालाई सम्झाइबुझाइ छाडेको  ४२ हजार ६५ जनालाई मास्क वितरण गरेको र ३१ हजार ६०६ जनालाई कारबाही गरेको जनाएको छ । त्यस्तै हालसम्म प्रवेश अन्ुमति नै नलिइ सवारी साधन सचाउने ८ हजार ६२१ वटा सवारी साधानबाट उपत्यका प्रवेश गर्न खोज्न २० हजार ८७६ जनालाई प्रवेश नाकाबाटै फर्काएको छ ।  
 

प्रतिक्रिया दिनुहोस