
एजेन्सी । भारतको महाराजा एक्सप्रेसको यात्रा विश्वमा सबभन्दा विलासी र महँगो रेल यात्रा मानिन्छ । यसको भव्यता यस्तो छ कि पाँच तारे होटेल पनि यसको अघि कम हुनेछ । यस ट्रेनमा यात्रीहरूले राजा–महाराजा जस्ता सुविधा पाउने छन । यात्रुहरूले यस रेलमा शाही सुविधाको आनन्द लिन सकिन्छ । यस ट्रेनको यात्राको सुविधाले धेरै पटक विश्व यात्रा पुरस्कार जितिसेको छ । यस ट्रेनमा यात्रा गर्न टिकटको मूल्य २८ लाखभन्दा बढी रहेको छ । अहिले भने टिकट दर थोरै फरक रहेको छ ।
२०१० मा यात्रुहरूलाई विलासी अनुभूति सहित भारत दर्शनको उद्देश्यका साथ महाराजा एक्सप्रेस शुरू गरिएको थियो । यस एक किलोमिटर लामो यस ट्रेनमा जम्मा २३ डिब्बा छन् । यी २३ डिब्बाहरूमा ८८ जना यात्रुले यात्रा गर्न सक्दछन् ।
महाराजा एक्सप्रेसको रुट यो ट्रेनले यात्रीहरू दिल्ली, आग्रा, बीकानेर, फतेहपुर सीकरी, ओर्छा, खजुराहो, जयपुर, जोधपुर, उदयपुर, रणथम्भोर, वाराणसी र मुम्बई रहेको छ । यात्राको क्रममा यात्रुहरूका लागि सुविधाहरू मुम्बईको ताजमहल प्यालेस होटल, राजस्थानको सिटी प्यालेस, रामबाग प्यालेस होटललगायत थुप्रै पाँच तारे होटलहरूको सुविधा पाइन्छ ।
हाल महाराजा एक्सप्रेसले ४ टूर प्याकेज उपलब्ध गराइरहेको छ जसमा ३ प्याकेज ७ दिन र ६ रात छन भने एक प्याकेजमा ४ दिन ३ रात । सबै प्याकेजहरूको भिन्न दरहरू छन् ।
– इन्डिया स्प्लेन्डर (७ दिन/६ रातहरू) – दिल्ली– आग्रा–रणथम्भोर –जयपुर–बीकानेर–जोधपुर–उदयपुर–मुम्बई
– हेरिटेज अफ इन्डिया (७ दिन/६ रात) –मुम्बई–उदयपुर–जोधपुर– बीकानेर–जयपुर–रणथम्भोर–फतेहपुर सिक्री–आगरा–दिल्ली
– इन्डियन पानारोमा (७ दिन/६रातहरू) –दिल्ली–जयपुर–रणथम्भोर–फतेहपुर सिक्री–आगरा–ओरछा–खजुराहो–वाराणसी–दिल्ली
–ट्रेजर्स अफ इन्डिया ( ४ दिन÷३ रात)– दिल्ली–आग्रा–रणथम्भोर– जयपुर–दिल्ली
महाराजा एक्स्प्रेस ट्रेनमा ८८ यात्रुहरूको लागि कूल ४३ गेष्ट केबिनहरू छन्, जसमा २० डिलक्स केबिन, १८ जुनियर सुइट, ४ सुइट र १ भव्य राष्ट्रपति सुट पनि समावेश छन् । प्रत्येक केबिनमा दुई व्यक्तिको लागि यात्रा सुविधा प्रदान गरिएको छ । यद्यपि, राष्ट्रपति सुट एक मात्र केबिन हो जसमा ४ जना यात्रा गर्न सक्दछन्। यो केबिन सबैभन्दा महँगो छ ।
महाराजा एक्सप्रेसमा ८८ डिलक्स केबिनहरू छन् जसमा यात्रुहरूलाई पाँच तारा होटेल जस्ता सुविधा दिइन्छ । यसमा ठूलो वातानुकूलित डबलबेड कोठा छ जहाँ एलसीडी टिभी, अन्तर्राष्ट्रिय कलिंग सुविधा, इन्टरनेट, इलेक्ट्रोनिक लकर, कपाट, चिसो र तातो निजी बाथरूमको साथ छ ।
महाराजा एक्सप्रेसमा १८ जुनियर सुइटहरू छन् । जसमा यात्रीहरूले ठूलो विन्डोज र डिलक्स केबिनभन्दा बढी ठाउँ पाउँछन् । यस केबिन बाहिरबाट सुन्दर र भव्य दृश्य देख्न सकिन्छ । जुनियर सुइटको केबिनले डबल कलिंग सुविधा, अन्तर्राष्ट्रिय कलिंग सुविधा, एलसीडी टिभी, आइसी, चिसो र तातो निजी बाथरूम र वार्डरोब सुविधाहरू प्रदान गर्दछ। यसको अधिकतम रकम ४ लाख ८३ हजार २४० रुपैयाँ भारु छ ।
महाराजा एक्स्प्रेसको केवल एउटा राष्ट्रपति सुट छ । यो सूटलाई नवरत्न पनि भनिन्छ । यो सूट एक शाही दरबारभन्दा कम छैन । यसले २ बेडरुमा र छुट्टै बाथरूम छ । त्यहाँ बटलर र बार सहित धेरै सुविधाहरू छन् जहा यात्रुहरूलाई राजा महाराजाहरुले लिने गरेको सुविधा लिन पाइन्छ । यसको मुल्य २३ हजार ७०० अमेरिकी डलरसम्म रहेको छ ।
महाराजा एक्सप्रेससँग दुईवटा रेष्टुरेन्टहरू पनि छन् । जसको नाम प्यारोक प्यालेस र रंग महल छ । यी दुवै रेस्टुरेन्टहरूको भव्यता आश्चर्यजनक छन । यसमा खाना २४ क्यारेटको सुन–लेप लगाइएका भाँडामा खाना खान पाइन्छ । यी दुई रेस्टुरेन्टहरूमा भारतीय, चिनियाँ, कन्टिनेन्टल र मेवाडीले खानाको मजा लिन सकिन्छ ।
यात्रीहरूले महाराजा एक्सप्रेसको मयूर महल र रंग महल रेस्टुरेन्टहरूमा पनि रक्सीको आनन्द लिन सकिन्छ । यो दुनिया भरमा उपलब्ध सबै भन्दा राम्रो ब्रान्ड छ । महाराजा एक्स्प्रेसको यात्रुहरूका लागि विशेष प्रकारको केबिन छन् । जो सफारी बारको नामले चिनिन्छ । यसमा धेरै प्रकारका खेलहरू पवनि खेल्न सकिने खेल खेल्ने स्थान समेत छन ।
प्रतिक्रिया दिनुहोस