काठमाडौं । भिम अस्पताल भैरहवामा उपचार गराईरहेका एक कोरोना संक्रमित व्यक्तिको मृत्यू भएको छ ।
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ३ निवासी ५० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यूभएको भिम अस्पतालका कोभिड फोकल पर्सन डा। सुमित प्रजापतिले पुष्टि गरेका हुन ।
भवन निर्माण गर्ने क्रममा लडेर टाउको मा चोट लागेका उनलाई भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि यहि भदौ ८ गते भिम अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था विग्रदै गएपछि भदौ ८ गते राती ११ बजे उपचारकै क्रममा उनको मृत्यू भएको भिम अस्पतालका कोभिड फोकल पर्सन डा.प्रजापतिले जानकारी दिए । आर्थिक न्युजमा अनियमितता बारे समाचार प्रकाशीत भए पछि मेशु नबिन दरनाल नियम मिचेर सरुवाा भएका छन् ।
प्रतिक्रिया दिनुहोस