aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गरेको छ ।

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएको हो । 

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको छ । उनले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिएको छ ।

तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएको छ । 

उनले पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएको थियो ।
 

प्रतिक्रिया दिनुहोस