काठमाडौं । कार्यालय विरुद्ध ४ लाख विगोसहित मुद्दा दायर गरिएको छ । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादव जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिदै गर्दा रंगेहात पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले गोप्य सूचनाको आधारमा लोध र यादवलाई चार लाख घुस लिदै गरेको बेला रंगेहात नियनत्रणमा लिएको थियो । रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
लोधलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज विश्वनाथ प्रसाद लोधलाई बिगो चार लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
साथै अर्का प्रतिवादी महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा वितरणमा सहजीकरणको लागि विश्वनाथ प्रसाद लोधलाई घुस रकम दिनुपर्छ भन्दै घुस रिसवत रकम चार लाख माग गरी सेवाग्राहीलाई उक्त रकम बैंकमा जम्मा गराउन लागेको तथ्य पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको हुँदा निज महेन्द्र प्रसाद यादवलाई बिगो चार लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस