
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अर्थात् विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई 'गाह्रो पर्ने' चेतावनी दिएका छन्। उनले बाह्य बजारमा जोखिम बढ्दै गएकोले घरेलु मागमा विश्वास गर्न उनले नीति निर्माणकर्ताहरूलाई भनेका छन्।
उनले विकास दरलाई निरन्तरता दिन घरेलु मागमा वृद्धिको आवश्यकता बताए । सी जिनपिङ सोमबार एक सेमिनारको अध्यक्षता गर्ने क्रममा यस्तो बताएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीँवाले जनाएको छ। सो सेमिनारमा नीति सल्लाहकार र सरकारी अर्थशास्त्रीहरू उपस्थित थिए। चीनमा १४ औँ पञ्चवर्षीय योजनालाई ध्यानमा राख्दै दीर्घकालीन आर्थिक प्रवृत्तिमा छलफल भएको थियो।
जिनपिंङले कोरोना भाइरसले विश्वमा संरक्षणवादलाई बढवा दिइरहेको र यसले अर्थव्यवस्थामा गम्भीर असर पार्नुका साथै आपूर्ति शृङ्खलाहरू समेत टुटेको बताएका थिए। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सी जिनपिङले भनेका छन्, "आउँदो समयमा हामी बाहिरबाट बढी समस्याहरूको सामना गर्नेछौँ र हामी नयाँ जोखिम र चुनौतीहरूको सामना गर्न तयार हुनुपर्दछ।"
जिनपिङले भनेका छन् घरेलु बजारले देशको अर्थतन्त्रमा हस्तक्षेप गर्ने छ। उनले आफू चीनको अर्थतन्त्र खोल्न कटिबद्ध रहेको समेत बताएका छन्।
अमेरिका र चीनबिच बढ्दो तनावको चर्चा नगरी उनले चीनले अमेरिकासँगको मतभेद सुल्झाउन आफू इच्छुक रहेको सङ्केत गरे। उनले भने, "हामीले सक्रिय रूपमा सबै देशहरूसँग सहयोग गर्नु पर्छ जुन हामीसँग सहयोग गर्न इच्छुक छौँ।"
संयुक्त राज्य अमेरिका र चीनको दुई वर्ष देखी तनावपूर्ण सम्बन्ध छ। यी दुई महाशक्तिको तनावपूर्ण सम्बन्धले यस क्षेत्रका अन्य देशहरूलाई पनि असर गरेको छ।
अमेरिकाले चिनियाँ भिडियो अनुप्रयोग टिकटप पनि प्रतिबन्धित गरेको छ। अमेरिकाले हालै ह्युस्टनमा चिनियाँ वाणिज्य दूतावास पनि बन्द गरेको छ।
प्रतिक्रिया दिनुहोस