aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उपत्यकाका प्रजिअको बैठक सकियो, निषेधाज्ञको बारेमा भोलिमात्रै निर्णय हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
उपत्यकाका प्रजिअको बैठक सकियो, निषेधाज्ञको बारेमा भोलिमात्रै निर्णय हुने

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञाको समय थप्ने वा हटाउने भन्ने बारेमा निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक सकिएको छ । बैठकमा यसअघिको निषेधाज्ञाको बारेमा समीक्षा र आगामी योजनाबारे छलफल भएपनि के गर्ने भन्ने ठोस निर्णय भने नभएको काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आर्थिक न्युजडटकमलाई बताए । 

उनले भने, ''आज दिनभरी छलफल गरियो तर, जारी निषधाज्ञका बारेमा भने भोलि पुन बैंठक बसेर निर्णय गर्ने सहमति भएर बैंठक आजको बैंठक सकियो ।'' यसअघि यही भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न उक्त निर्णय गरिएको थियो । 

 यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भने समय थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ  ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी छ ।  सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस