aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आज काठमाडौंका यी ठाउँमा बत्ती जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
आज काठमाडौंका यी ठाउँमा बत्ती जाने

काठमाडौं । आज काठमाडौंका केहि ठाउँमा बत्ति जाने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि आज विभिन्न ठाउँमा दिउँसो बत्ती जाने भएको हो । 

विद्यु्त् प्राधिकरणका अनुसार आज बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमीलगायतका क्षेत्रमा बत्ती जाने भएको छ । 

त्यस्तै शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सीता होम्स, थापा चोक, आदेश्वर मन्दिर, इचङ्‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा  कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालीलगायातका स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस