
सोेलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित छेस्काम प्रहरी चौकी आक्रमण भएको छ । प्राप्त जानकारीअनुसार गए राति हतियारधारी एक समूहले चौकीमा आक्रमण गरी फर्निचर तथा कागजपत्र जलाएको छ ।
ठूलो संख्यामा हतियारधारी समूह गाउँ प्रवेश गरेको सूचना पाएपछि प्रहरीहरु चौकी छोडेर अन्यत्रै सेल्टर लिएर बसेकाले दोहोरो भिडन्त भने नभएको बताइएको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने हेलिकप्टरबाट ठूलो संख्यामा सुरक्षाकर्मी पुयाइएको समाचार छ । महाकुलुङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पछिल्ला दिनमा गतिविधि बढेको बताइएको छ । तर, त्यो हतियारधारी समूह विप्लवकै हो वा अन्य समूह हो भन्ने पुष्टि भएको छैन ।
प्रतिक्रिया दिनुहोस