
एजेन्सी । नेपालीमा एउटा भनाइ नै छ ‘कर्मले मात्रै हुँदैन भाग्य पनि चाहिन्छ’ । सायद भारतीय धनाढ्य व्यापारिक घराना अम्बानी परिवारको सनदर्भमा यहि भनाइ चरितार्थ भएको हो । जहाँ सहोदर एक भाइ विश्वकै सर्वाधिक धनी बन्दैछन् अर्का भाइ बसेको घर बैंकले ताला लगाएर उनको बिल्लिबाठ भएको छ ।
भारतको चर्चित रिलायन्स कम्पनीका मालिक धिरुभाइ अबानीका दुई छोराहरुले सम्पत्ति अंशबन्डा गरे । आज तिनै दुई भाइ अनिल र मुकेशको सम्पत्तिको अन्तर आकास जमिन जस्तो भएको छ ।
अम्बानी परिवारका कान्छा छोरा अनिलले रिलायन्स गु्रपका सुनौला दिनहरुको आनन्द लिए । तर, आज उनी तिनै व्यक्तिगत रुपमा समेत टाट पल्टिएको घोषणा गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
भएको के थियो भने भारतीय स्टेट बैंकको नेतृत्वमा केही बैंकहरु मिलेर रिलायन्स कम्यूनिकेसन र रिलायन्स इन्फ्राटेललाई करिब १२ सय करोड भारतीय रुपैयाँको ऋण लगानी गरेका थिए । यो ऋण लिँदा अनिल अम्बानी व्यक्तिगत जमानी बसेका थिए । अहिले त्यहि ऋण तिर्न नसक्दा राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण (एनसिएलटी)ले अनिल अम्बानी विरुद्ध आदेश दिँदै उनी टाट पल्टिएको घोषण गर्ने प्रक्रिया थाल्न भनेको छ ।
त्यसो त मुकेश र अनिल दुबैलाई पुख्र्यौली सम्पत्तिको रुपमा अथाहा कारोबार प्राप्त भएको थियो । दाजुभाइबीच ठूलो तनाव सिर्जना भएपछि उनकी आमा र अन्य केहि आफन्तको दबाबमा अशंबन्डा गरिएको थियो । त्यो बेला जेठा छोरा मुकेशको भागमा पुरानो पेट्रो केमिकल कम्पनी पर्यो भने अनिलको भागमा नयाँ जमानाको टेलिकम, वित्तिय सेवा र इनर्जी कारोबार हात पर्यो । तर, अनिल अम्बानीले नयाँ र उम्दा व्यापार क्षेत्र प्राप्त गर्दा पनि कमाल गर्न सकेनन् । उता, मुकेशले भने आफ्नो व्यापारलाई निकै प्रभावकारी ढंगले अगाडि बढाए ।
सन् २०१८ सम्म आईपुग्दा अनिलको जिम्मामा रहेको धिरुभाइ अम्बानी समूहलाई एक सय ७२ करोड भारु ऋण लागिसकेको थियो । लगभग ४६ हजार करोड ऋण त रिलायन्स कम्युनिकेसनलाई नै थियो । उता, कमाइ भने घटेको घटै । सन् २०१० मा २७ हजार ७१० करोड रुपैयाँ भारु कमाएको सो समूहले सन् २०२० मा आइपुग्दा १७३४ करोड भारु मात्रै कमायो ।
रिलायन्स समुहका अरु कम्पनीको पनि त्यस्तै हालत भयो । ठूलो लगानी गरेका धेरै कम्पनीहरु चलेनन । आखिर अनिल अम्बानी बस्दै आएको घरमा समेत हालै बैंकले ताला लगायो । उनको मुख्य कार्यालय केहि अघि नै बैंकले कब्जामा लिइसकेको छ ।
उता, मुकेश अम्बानी भने भारतका मात्रै नभएर विश्वकै सर्वाधिक धनी मध्ये लगातार पर्दै आएका छन् । रिलायन्स जिओ लन्च गरेपछि त उनको भाग्य नै चम्किए जस्तो भयो । अहिले सो कम्पनीको बजार मूल्य करिब १३.२३ लाख करोड भारु रुपैयाँ छ । हालैमात्र सो कम्पनीमा एक दर्जन भन्दा बढी विदेशी कम्पनीहरले करिब १.५२ लाख करोड लगानी थपेका छन् ।
प्रतिक्रिया दिनुहोस