काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलवार एक समारोहका विच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत एवम् सिडिएससीका अध्यक्ष चन्द्र सिंह साउदले आचार्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
गत वर्षको असोज ९ गतेदेखि रित्त रहेको प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई नियुक्त गर्ने निर्णय सिडिएससीको सोमवारको सञ्चालक समितिको बैठकले गरेको हो । आचार्य कृषि विकास बैंकका पूर्व कर्मचारी हुन । उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ ।
सिडिएससीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि सात जनाको आवेदन परेको थियो । आचार्य सहित कृष्ण गिरी, भिष्म चालिसे, मानबहादुर खत्री, दिनेश कुमार बर्तौला, डिल्लिप्रसाद चौधरी र कृष्ण लामीछानेको आवेदन परेको हो । सात जनामध्यबाट पहिलो चरणमा ६ जनाको प्रस्तुती रहेको थियो । ६ जनामध्यबाट छनोट समितिले कृष्ण गिरी, भिष्म चालिसे र पूर्ण प्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । तीन जनामध्यबाट आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस