aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतीय एटिएममा दुई हजारको नोट समस्या आएपछि छपाइ नै बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
भारतीय एटिएममा दुई हजारको नोट समस्या आएपछि छपाइ नै बन्द

एजेन्सी । भारतीय एटिएम कार्डबाट भारु दुई हजारको नोट ननिस्किएपछि भारतीय रिजर्व बैंकले दुई हजारको नोटको छपाई बन्द गरेको  छ । भारतीय केहि बैंकहरुले भारु दुई हजारको नोट एटिएममा नराख्ने उर्दी नै जारी गरेका छन् । भारतीय रिजर्व बैंकले एक वर्षदेखि भारु दुई हजारको नोट नै नछापेको बताएको छ । त्यसैले अहिले भारु दुई हजारको नयाँ कुनै पनि नोट बजारमा आएको छैन । 

रिजर्व बैंकले सन २०१९–२०को वार्षिक रिपोर्टका अनुसार  सन २०१८ अन्तिममा भारु दुई हजारको नोटको मौज्दात ३३,६३२ लाख रहेको थियो । जुन मार्च २०१९को अन्तिममा यो संख्या घटेर ३२,९१० लाख मात्र रहेको देखाएको  छ । त्यो संख्याका २०२०मा आएर २७,३९८ लाखमा झरेको  छ । 

भारतीय रिजर्व बैंकको रिपोर्टको अनुसार कुल भारु दुई हजारको नोटको मौज्दात २.४ प्रतिशत मात्र भएको छ । २०१९ मार्चमा तीन प्रतिशत र २०१८ मार्च ३.३ प्रतिशत थियो । मूल्यका हिसावले पनि यसको हिस्सा घटेको छ । तथ्यांक अनुसार २०२० मार्चसम्म चलनमा रहेको नोटको मौज्दात घटेर २२.६ प्रतिशत रहेको थियो । २०१९ मार्चको अन्तसम्ममा ३१.२ प्रतिशत र २०१८ मार्चसम्ममा ३७.३ प्रतिशत रहेको थियो । 

रिपार्टका अनुसार दुई हजारको नोटमा देखिएको फल्टका कारण पाँच सय र दुई सयको नोटको माग बढिरहेको छ । उक्त रिपोर्टका अनुसार २०१९–२० मा  दुई हजारको नोटको कुनै पनि छपाईको अडर दिईएको छैन ।  

प्रतिक्रिया दिनुहोस