aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बिन बिलका विभिन्न समानसहित चौधरी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
बिन बिलका विभिन्न समानसहित चौधरी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेका छन् । 

उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाईल डिसप्ले, ५ सय ९३ पिस विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, ६ हजार थान क्यालकुलेटर र ५ थान मोवाइल डिसप्ले बोर्ड समेत प्रहरीले बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस