aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फरार सङ्क्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा

  • रासस
    रासस
  • बुधबार, १० भदौ २०७७
फरार सङ्क्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा

बिदुर । चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका एक सङ्क्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । 

बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई आज बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए । 

यही भदौ ६ गते कोभिड–१९ सङ्क्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो । उनी मङ्गलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेको जनाएको छ । फरार सङ्क्रमितको कन्ट्याक टे«ेसिङको कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस