
एजेन्सी । गत वर्ष रिलायन्स उद्योगका अध्यक्ष मुकेश अंबानीले बेलायतको खेलौना ब्रान्ड हम्लेज ग्लोबल होल्डिंग लिमिटेडल अधिग्रहणको घोषणा गरेका थिए ।
तर, केहि दिनअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ खेलौना भारतमा बाहिस्कार गर्ने घोषणा गरेका थिए । ब्लूमबर्गको रिपोर्टका अनुसार रिलायन्स ग्रुपले यहि मौकामा अब बेलायतको सबैभन्दा पुरानो खेलौना कम्पनी हम्लेज ग्लोबल होल्डिंग लिमिटेड विस्तार गर्ने योजना बनाएको छ ।
हम्लेजको खुद्रा विक्रेता सात(फ्लोर रेजेन्ट स्ट्रीट स्टोरको मर्मत कार्य पनि अन्तिम चरणमा पुर्याएको छ । प्रतिवेदनका अनुसार ह्याम्जेले इंल्यान्ड, पश्चिमी यूरोप, अष्ट्रेलिया, अमेरिका र क्यानडामा स्टोरहरू खोल्ने योजना बनाइसकेको छ । यहि मौकामा भारतका प्रमले पनि चिनियाँ खेलौना भारतबाट विस्थापित गराउने घोषणा गरेसँगै अम्बानी ग्रुपलाई भने सुनमा सुगन्ध भएको छ । कम्पनीले यो बेला त्यस्तो तयारी गरिरहेको छ जुन बेला अन्य खेलौना बनाउने बेलायती कम्पनीका पसल बन्द छन् र मानिसहरूलाई बाहिर निस्कन बन्देज लगाइएको छ ।
हम्लेज ग्लोबल होल्डिंग्स लिमिटेड रिलायन्स ब्रान्ड लिमिटेड अन्तर्गत आएको छ । गत वर्ष कम्पनीले बेलायतको खेलौना ब्रान्ड हम्लेज ग्लोबल होल्डिंग्स लिमिटेडलाई ६.७९ करोड पाउण्डमा खरिद गरेको थियो । भारतका धनाड्या मुकेश अंबानीको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी हो । रिलायन्स ब्रान्डसँग सम्झौताको गर्ने बेलामा हम्लेजको १८ देशहरूमा १६७ स्टोर थिए । रिलायन्स भारतमा रिलायन्स ह्यामलेटको फ्रान्चाइजी हो र हाल २९ शहरहरूमा ८८ वटा स्टोरहरू सञ्चालनमा छन् ।
हेम्लेज विश्वको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो रिटेलर खेलौना कम्पनी हो। । सन १७६० हम्लेज ग्लोबल होल्डिंग लिमिटेड स्थापना भएको थियो । यो कम्पनी विलियम हेम्लेजले स्थापना गरेका हुन ।
प्रतिक्रिया दिनुहोस