aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फेरि उकालो लाग्यो सुनको भाउ, तोलामा ८ सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
फेरि उकालो लाग्यो सुनको भाउ, तोलामा ८ सयले बढ्यो

काठमाडौं । एक साता देखि ओरालो लागेको सुनको मूल्य बिहिबार फेरि बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको  छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस