aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

खाद्य विभागका महानिर्देशक वैद्यको सरुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
खाद्य विभागका महानिर्देशक वैद्यको सरुवा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी बैद्यको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैद्यलाई कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरेको हो । 

मन्त्रालयले मंगलबार बैद्यसहित ६० जना सहसचिबको सरुवा गरेको थियो। पछिल्लो समय खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाएको भन्दै बैद्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। मन्त्रालयले यसअघि चिनी प्रकरण छानबिन गर्न गठन गरेको समितिले उनीमाथि कारवाही गर्न सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस