aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कुलमानलाई सरकारले होइन सामाजिक सञ्जालले पुनः नियुक्ति दिएको होः खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
कुलमानलाई सरकारले होइन सामाजिक सञ्जालले पुनः नियुक्ति दिएको होः खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा। युवराज खतिवडाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

घिसिङको कार्यकाल भदौ २९ गते सकिंदै छ । उनलाई प्राधिकरणमै पुनस् नियुक्ति गर्नुपर्ने दवाव छ ।

प्रतिक्रिया दिनुहोस