aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण

सिन्धुपाल्चाेक । पहिराेको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घरपरिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । वडा नं १ स्थित खमारेका २५ घरपरिवार पहिराेको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।

गाउँपालिकाले जग्गा भाडामा लिएर पहिराको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको जनाइएकाे छ । गाउँपालिकाका तर्फबाट प्रति परिवार तीन बण्डल जस्तापाता, ग्याँससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानीलगायतको प्रबन्ध मिलाइएको छ । 

जिल्ला विपद व्यवस्थापन समितिबाट त्रिपाल, कम्बललगायत सामग्री आएको र विद्युत्मा विद्युत् प्राधकिरणले सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । वडाका २५ घरधुरीका नागरिक पहिराको जोखिममा परेपछि वडाध्यक्ष मधु थापाले उनीहरुको स्थानान्तरणका लागी पहलकदमी लिएको थियो ।

त्यस्तै पहिराले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घर जोखिममा परेपछि पहिराको निरीक्षण र स्थानीयवासीको अवस्था बुझ्न बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल सुन्दरडाँडा पुगेको थियाे । 

प्रतिक्रिया दिनुहोस