aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतीय वायुसेनाको विमान चीनको सीमा नजिक वेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
भारतीय वायुसेनाको विमान चीनको सीमा नजिक वेपत्ता

एजेन्सी । भारतीय बायुसेनाको विमान सम्पर्कविहीन भएको छ । चालकदलका सहित १३ जना लिएर असामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको हो ।

दिउँसो १२ बजेर २५ मिनेटमा उडेको विमान दिउँसो १ बजेदेखि सम्पर्कबिहीन भएको हो । त्यसपछि विमानसँग सम्पर्क स्थापित हुन नसकेको भारतीय संचारमाध्यामले जनाएका छन् । एएन ३२ विमानमा चालकदलका ८ र ५ जना यात्रु सवार रहेका थिए ।

विमानको खोजीका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको छ । यद्यपी विमानको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । विमान चीनको सीमा क्षेत्रमा हराएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस