aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
कोरोनाका कारण थप दुई जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला रहेका छन् । 

प्रतिष्ठानका अनुसार झापा दमकका पुरुषको शुक्रबार बिहानको राती र बेलबारी निवासी महिलाको पनि शुक्रबार विहानको राती नै मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनु भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मोरङ बेलबारी–५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना भएकी उनमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो । वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस