aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोालामा ७ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ४ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको  छ । आज चाँदीको मूल्य प्रतितोला १३४० रहेको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस