चितवन । चितवनमा जुवा खेल्ने ११ जना लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुल भित्रै जुवा खेल्ने प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी प्रमुख ऋषिराम धर्तीका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले ४५ हजार ६४० रुपैयाँ नगद सहित ११ जुवाडेलाइ पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस