aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जापानका प्रधानमन्त्रीले राजीनामा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
जापानका प्रधानमन्त्रीले राजीनामा दिने

काठमाडौं । आर्यघाटमा नपुञ्जेलसम्म आफूले प्राप्त गरेको पद र अवसर नत्याग्ने नेपाली नेताहरुले दिक्क बनाएका नेपालीहरुलाई मनै कुड्याउने खबर जापानबाट आएको छ । त्यहाँका प्रधानमन्त्री सिन्जो आबेले आफ्नो पदावधि सकिन एक वर्षअगावै राजीनामा दिने भएका छन् । 

उनको राजिनामाका कारण अरु केहि नभएर विग्रदो स्वास्थ्य अवस्था हो । विकसित र मेहनति मुलुककारुपमा यी कार्यकारी प्रमुखले शुक्रबार साँझ राजिनामा दिने खबरले नेपाली जनताहरुको भने मन अमिलो भएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।

उनीनिकट स्रोतले भनेको छ, ‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो ।’ नेपालमा भने प्रधानमन्त्री बिरामी हुँदाको त कुरै छोडौँ उनी महिनौँसम्म अस्पतालमा रहँदासमेत राजिनामाबारे सोच्नु त परे जाओस अरुले राजिनामा दिनु भनेर सुझाव दिदाँसमेत अपराधि जस्तो ब्यावहार गरियो । 

आबे यसअघि पनि सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्। आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्। 

प्रतिक्रिया दिनुहोस