aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चितवनमा पुन : एक साताका लागी निषेधाज्ञा थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
चितवनमा पुन : एक साताका लागी निषेधाज्ञा थप

चितवन । चितवनमा जारी गरिएको निषेधाज्ञा पुुन : एक साताका लागी थप भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्वि र समुदायमा कम सचेतना देखेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको अवधी पुन: एक साताका लागी थप गरेको जनाएको छ ।

भदौं ५ गते रातीदेखि १२ गते रातीसम्म जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा गरेको प्रशासनले आज एकैदिन तीन जना कारोना संक्रमितको मुत्यु हुनुका साथै, संक्रमितको संख्यामा समेत बृद्वि भएपछि पुन: एक साताका लागी निषेधाज्ञा थप गर्ने रणनीतिमा प्रशासन पुगेको हो । 

अबको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था लाई विशेष काम मात्रै गर्न दिने गरी दिउँसो १ बजेसम्म खोल्न दिर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोनाको जोखिम थप बढेको महसुश गरी नियन्त्रणका लागि थप शसक्त रुपमा लाग्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले बताए । 

त्यस्तै, विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न दिने निर्णय भएको जनाइएको छ । यो निर्णय आगामी साउन १९ गते रातको १२ बजेसम्म हुने जनाएको छ ।

लगातार २ हप्तमासम्म जिल्लामा निषेधाज्ञा जारी भएपछ जनजीवन असहज बनेको भन्दै सर्वसाधारणदेखि राजनीतिक दलका जिल्लास्थित नेतृत्वले नै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने आवाज उठाउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस