aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बलिउडका हिरोइनहरुको क्रिकेटरसँगको वैवाहिक जीवन कसको कस्तो छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
बलिउडका हिरोइनहरुको क्रिकेटरसँगको वैवाहिक जीवन कसको कस्तो छ ?

एजेन्सी । भारतीय क्रिकेटर  र बलिउड कलाकारको सम्बन्ध अनौठो छ । कलाकार र क्रिकेटर धेरै वैवाहिक बन्धनमा बाँधिएका छन् । विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले गर्भावती भएको समाचारले सबैलाई चकित पारेको छ ।

 बलिउड र क्रिकेटरको यो अन्यका लागि एक आइडल जोडी हो । विराट र अनुष्का जस्ता त्यस्ता थुप्रै जोडीहरू छन् जसमा फिल्मसँग सम्बन्धित छ भने अर्को क्रिकेटसँग सम्बन्धीत छन् । यो जोडीले सफल दाम्पत्य जीवनको शुखद समाचार अनुष्का गर्भवती भएको घोषणा गर्दै धेरै फ्यानहरुको लागि एक विशेष उपहार दिएका छन् । विराट(अनुष्का जस्तै अन्य धेरै यस्ता ती दम्पतीहरू र उनीहरूको परिवारको बारेमा जानकारी गराउँदै छौ जो क्रिकेट जीवन र कलाकारीता जीवनलाई एक बनाएर जीवन चालाइरहेका छन् ।

शर्मिला टैगोर आफ्नो समयको उत्कृष्ट र ग्लैमरस अभिनेत्री थिइन । उनले १९६९ मा क्रिकेटर क्षेत्रका चर्चित खेलाडी अली खान पटौदीसँग विवाह गरिन । उनीहरुका सन्तान सैफ अली खान, सोहा अली खान र सबा अली खान अहिले बलिउडका स्टार छन ।
 
हिन्दी सिनेमाकी सुन्दरी अभिनेत्री संगीता बिजलानी र क्रिकेटर मोहम्मद अजहरुद्धीनको प्रेम प्रसंग त्यो बेला चर्चाको शिखरमा हुने गथ्र्यो । तिनीहरू ८० को दशकमा उनीहरु एक अर्कामा भेट भएर प्रेममा परेका थिए । उनीहरूको विवाह १९९६ मा भयो । तर यो विवाह लामो समय सम्म टिकेन र तिनीहरू २०१० मा अलग भए ।

बलिउडका अग्रणी अभिनेत्री रीना रायले शत्रुघ्न सिन्हासँग ब्रेकअपपछि पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरिन ।  क्रिकेटर मोहसिन खानले बान्टवारा र साथी जस्ता हिन्दी फिल्महरूमा पनि अभिनय गरेर आफेनो भाग्यलाई एक पटक प्रयोग गरेका थिए । उनको विवाह लामो समय सम्म टिकेन र ९० को दशकमा उनीहरु फेरि अलग अलग भए । 
 
अभिनेत्री गीता बसरा र क्रिकेट मैदानका खेलाडी हरभजन सिंहले २०१५ मा विवाह गरे ।  यस दम्पतीको एक छोरी, हिनायाको जन्म भएको  छ । क्रिकेटर युवराज सिंह र हेजल कीच २०१५ मा एक अर्कासँग भेट भयो र  उनीहरुको २०१६ मा उनीहरू विवाह बन्धनमा बाँधिए । हेजलले सलमान खान र करीना कपूरसँग फिल्म बाडीगार्डमा काम गरिसकेकी छिन । 

चक दे इण्डियाबाट प्रसिद्ध बनेकी अभिनेत्री सागरिका घाटगेले क्रिकेटर जहीर खानसँग विवाह गरिन । उनले आफ्नो सम्बन्धको खबर लामो समयसम्म लुकायो । रपछि, उनले अचानक सोशल मिडियामा आफ्नो संलग्नताको खबरले सबैलाई छक्क पा¥यो। जहीर र सागरिकाले युवराज हेजलको विवाह समारोहमा आधिकारिक रूपमा इन्गेजमेन्छलाई सार्वजनिक गरेका थिए । 

हालै, क्रिकेटर हार्दिक पांड्या जसले आफ्नो पहिलो बच्चालाई यो धर्तीमा स्वागत गर्दैछन ।  उनले अभिनेत्री(मोडेल नताशा स्टनकोविच विवाह गरेका थिए । उनीहरु पनि धेरै चर्चामा आए ।  गत, जनवरीमा दुबैले उनीहरूको सगाईको समाचारले सबैलाई छक्क पारे। त्यस पछि उनको अभिभावक बन्ने खबरले फ्यानहरूलाई आश्चर्यचकित बनाएका थिए ।
 
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउडको सफल अभिनेत्री अनुष्का शर्माले २०१८ मा गोप्य रूपमा विवाह गरे । इटालीको एक शहरमा उनीहरुको विवाहको तस्वीर बाहिर आए पछि सबैतिर उनीहरुको आलोचना भएको थियो । अब भने अनुष्काले आफू गर्भवती भएको तस्विर सोसोएल मिडियामा भाइरल भइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस