aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यी देशको रिपोर्ट गडबढी भएपछि 'डूइंग बिजनेस रिपोर्ट' नै प्रकाशन भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
यी देशको रिपोर्ट गडबढी भएपछि 'डूइंग बिजनेस रिपोर्ट' नै प्रकाशन भएन

एजेन्सी । विश्व बैंकले ’ईज अफ डूइंग बिजनेस रिपोर्ट’ प्रकाशन गर्न बन्द गरेको छ । ’ईज अफ डूइंग बिजनेस रिपोर्ट’का आधारमा व्यापार गर्न सजिलो हुने भएकाले यो रिपोर्ट महतवपूर्ण मानिन्छ । चीनलगायत चार देशहरूको गडबडीका कारण विश्व बैंकले यो प्रतिवेदन रोकेको बताइएको छ । 

विश्व बैंकले पछिल्ला ५ बर्षको ’इज अफ डूइंग बिजिनेसिस’ सूची पुनरावलोकन गर्ने निर्णय गरेको छ  । यस बर्ष अक्टोबरमा आउने व्यापार रैंकिंग सूचीमा प्रतिबन्ध गरेको छ ।  वाल स्ट्रीट जर्नलका अनुसार विश्व बैंकले चार देशको तथ्यांकमा गडबढी हुने शंका गरिएपछि यस्तो निर्णय लिएको बताएको छ । यी ४ देशहरू चीन, संयुक्त अरब इमिरेट (युएई) अजरबैजान र साउदी अरेबिया रहेका छन् ।

यी देशहरू २०१९ मा जारी गरिएको ’ईज अफ डूइंग बिजनेस रिपोर्ट’  सूचीमा भारतभन्दा माथि थिए । पछिल्ला केही वर्षहरूमा, उनीहरूको सूचिमा ठूलो उछाल आएको छ ।  पाँच बर्ष पहिले चीन ९० स्थानमा थियो । जबकि गत वर्ष यो ३१ मा आइपुग्यो । पछिल्ला ५ बर्षमा भारतको रैंकिंग पनि ७९ स्थानले बढेको छ र २०१९ को सूचिमा ६३ औं स्थानमा पुगेको छ । 

विश्व बैंकका अनुसार अक्टोबर २०१७ र अक्टोबर २०१९ मा प्रकाशित हुने सूचीको डाटाको बारेमा गडबड भएको छ ।  पछिल्ला ५ बर्षको डाटा जाँच गर्ने जनाएको छ ।  यसको आधारमा ती देशहरूका रैंकिंगलाई अब ठिक गर्ने विश्व बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस