डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा वहाकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।
गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड-१९ भएको सार्वजनिक गर्नु भएको थियो । वनले सामाजिक संजाल फेसबुक (अनुहार किताव)मार्फत यस्तो समस्या कसैमा देखिएको छ भने लाज नमानीकन कोरोनालाई गोप्य नराखी समुदायलाई सु-सुचित गर्न समेत अनुरोध गरेका थिए ।
साथै महा बाणिज्यदूत महतले आफ्नै कोठामा एकान्तवास छोरा डा.सरगम महतको निरिक्षण र निगरानीमा बसेको समेत जानकारी गराएको थियो ।
गत अगस्त ७ मा महतले आफू र आफ्नी जीवन संगिनी कोरोनाबाट अछुतो हुन् नसकेको भनि सार्वजनिक गर्दा बिश्वभरिबाट उहाहरुलाई शिघ्र स्वास्थ्यलाभ र हौशला गर्ने प्रकारका सन्देशहरु हजारौ हजार आएका थिए ।
नेपाली समुदायका हरेक संचार माध्यममा प्रकाशित भएका समाचार मार्फत उहाहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
ठिक त्यसै गरि दम्पत्तिले कोरोनालाई जिते पछि गत अगस्त २८ शुक्रबारका दिन बिहान कोरोनाबाट मुक्त भएको सामाजिक संजाल फेसबुक(अनुहार किताव) मार्फत जानकारी गराएको छ ।
सकारात्मक सोच,आत्मविश्वास र दृढ अभिवृत्ति(एटिट्युट)लाई सदैव आत्मसाथ गर्ने महतले सजिलै कोरोनालाई जित्नु भएको छ ।
आफै रोगसंग संघर्ष गर्दै र थलिदा पनि समुदायलाई साथ र सहयोग गर्न समेत पछि हट्नु भएन । उहाले सामाजिक संजालमा बिश्वभरी रहेका हजारौं हजार ईष्टमित्रहरूको आशिर्बाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने बिश्वमहामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो भनि लेख्नु भएको छ ।
उनले दुवैजनालाई बिशेष निगरानी राखेकोमा संयुक्त राष्ट्रसंघकी युवा सम्मेलनकी युवा पूर्व अध्यक्ष जोली अमात्यलाई छोरी भन्दै सम्बोधन साथछोरा डा सरगम महतलाई बिशेष धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस