aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मंगलबारदेखि चीनको वुहानका विद्यालय खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
मंगलबारदेखि चीनको वुहानका विद्यालय खुल्ने

वुहान । चीनको वुहानमा मंगलबारबाट विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको हो । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु गर्न लागिएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् । 

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । सूचना नगरिएका विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस