aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दुर्घटना बढेपछि कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा नयाँ नियम लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
दुर्घटना बढेपछि कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा नयाँ नियम लागू

काठमाडौ. । नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । 

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९।९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् । 

सडकको मुख्य भाग ९मेन लेनमार्ग ० मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ९ सहायक लेन० मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०÷९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ ।  आजको गोरखापत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस