aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिन्धुपाल्चोकमा निषेधाज्ञा थपियाे, सङ्क्रमित ९९ जना

  • रासस
    रासस
  • आइतबार, १४ भदौ २०७७
सिन्धुपाल्चोकमा निषेधाज्ञा थपियाे, सङ्क्रमित ९९ जना

सिन्धुपाल्चाेक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः थप गरेको छ । 

यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी तीन दिन थपेर निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ ।  कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेको छ । 

त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस