aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बाइस लाखको सामान बरामद

  • रासस
    रासस
  • आइतबार, १४ भदौ २०७७
बाइस लाखको सामान बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले चालु आवको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको डेढ महिनाको अवधिमै रु २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारीसाधनलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सीमा क्षेत्रहुँदै भारतबाट अवैध रुपमा भित्र्याइएका सामान मोबाइल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताए । उनका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलिया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु छ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछालगायत बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए । 

प्रतिक्रिया दिनुहोस