aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आइएमईद्धरा घर–घरमा नै रेमिटेन्सको सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
आइएमईद्धरा घर–घरमा नै रेमिटेन्सको सुविधा

काठमाडौं । आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीच विदेशबाटपठाएको रकमप्राप्तगर्न आफूसँग आवद्धसम्पूर्णव्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामाआफ्नो डिजिटल वालेट सुविधाआइएमई पे मोबाइलवालेट एपलाई पनि सशक्तबनाई रेमिटेन्सको सुविधासिधै वालेटमा प्राप्तगर्ने प्रावधान सुचारू गरेको छ ।

नयाँ सुविधाअन्तर्गत आफुलाई स्वदेश वाविदेशबाट आएको रकमप्राप्तगर्नका लागिआइएमई पेवालेटको ‘रेमिटेन्स’आइकनमाक्लिकगर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नोवालेट पीनदाखिला गरी तपाईंको रकमको अवस्थाएकिन गर्न सिकने कम्पनीले जनाएकाे छ । 

यदि तपाईंलाई पठाएको रकमआइएमई पे एपमा नै प्राप्तगर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिचीआफ्नै वालेटमा प्राप्त गर्न सक्नेछ । त्यसकाअतिरिक्त‘नियर बाइएजेन्ट’ माथिचीआफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्तगर्न सक्नेछ  । यी सवै सुविधाप्राप्तगर्नका लागिआइएमई पे एप डाउनलोड हुनुका साथै केवासीअध्यावधिक भएको हुनुपर्दछ ।

आइएमईले आइएमई पे मोबाइलवालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकमप्राप्तगर्ने सुविधादिँदै आइरहेको छ । सो रकमयसरी आफ्नो मोबाइलवालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनिप्राप्त हुन्छ । 

भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड–१९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्तगर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्यपनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमाआइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवाउपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।
 
परिस्थिति सामान्यहुँदै गएको खण्डमा आफ्नो मोबाइलवालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकमलिँदै आएको एजेन्टकहाँगई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमाभएको रकमलाई आफ्नो बैंक खातावाअन्य कसैको बैंक खातामा पनि पठाउन सकिने ब्यवस्था मिलाएकाे छ । 

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउनप्रतिबद्व यसकम्पनीले सेवाशुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित७७जिल्लाकाकरिव १२हजार सवएजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखा मार्फत विदेशमाकार्यरत नेपालीहरुले कमाएको रकम देशकाविभिन्नभूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनिअव सजिलैसँग रेमिटेन्स सेवाप्राप्तगर्न सकिने व्यवस्थामिलाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस