aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

इञ्जिनीयर स्रोत नखुलेको रकमको अभियोगमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
इञ्जिनीयर स्रोत नखुलेको रकमको अभियोगमा पक्राउ

बुटबल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ । 

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका  इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको रु पाँच लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 

उनलाई आज अपराह्न ४.३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएकोे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस