aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

शाङ्सी । चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् । 

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ । 

होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस