aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने
फाइल तस्विर

काठमाडौं । सरकारले  लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भदौ १६ गतेसम्ममा अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडानलाई अब भदौ मसान्तसम्म लब्याउने निर्णय गरेको  हो । 

यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय  भएको छ ।  विदेशीमा काम गर्न जानेहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।

२५ साउन गतेको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको थियो ।

हङकङको महावाणिज्य दूतमा उदय रानामगर  नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । यस्तै ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस