aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चन्द समूहका नेता भुजेल र पौडेल अदालत परिसरबाटै फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
चन्द समूहका नेता भुजेल र पौडेल अदालत परिसरबाटै फरार

सप्तरी । नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र  सुमनसिंह पौडेल आइतबार सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा  उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर  फरार भएको  सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए । 

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आइबार अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले  चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए ।  सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस