aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सीताराम हाछेथु अब ललितपुर महानगरको कमाण्डर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
सीताराम हाछेथु अब ललितपुर महानगरको कमाण्डर

काठमाडौं ।  ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम हाछेथु  नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो ।

 महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा हाछेथुले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस