aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कलङ्की–कोटेश्वर चक्रपथमा नयाँ नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
कलङ्की–कोटेश्वर चक्रपथमा नयाँ नियम

नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । 

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् । 

सडकको मुख्य भाग (मेन लेनमार्ग ) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ( सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ । तर, चालकले आफूखुसी ८०/९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस