aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१४१ वटा चिनियाँ स्टार्ट अप्समाथि भारत सरकारले छानविन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
१४१ वटा चिनियाँ स्टार्ट अप्समाथि भारत सरकारले छानविन गर्ने

एजेन्सी । भारतीय स्टार्ट अपमा चिनियाँ लगानीमाथि ठूलो प्रश्न उठाउँदै अखिल भारतीय ट्रेड कन्फेडेरेसन(क्याट)ले आइतबार केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयललाई एउटा पत्र पठाएको छ । चिनियाँ कम्पनीले विभिन्न क्षेत्रहरूमा भारतीय कम्पनीहरूमा लगानी गरेका छ । चिनियाँ लगानी योजनाबद्ध तरिकाले भारतीय टेक्नोलोजीमा प्रवेश गरेको क्याटले आरोप लगाएको छ । क्याटले पियुष गोयललाई त्यस्ता सबै भारतीय कम्पनीहरूमा छानबिन गर्न आग्रह गरेको छ । 

यस सम्बन्धमा क्याटले १४१ प्रमुख भारतीय स्टार्ट अपको सूची पीयूष गोयललाई पठाएको छ जसमा चिनियाँ लगानी छ । यी भारतीय कम्पनीहरू हस्पिटालीटि, दैनिक उपभोग्य वस्तु, खाद्य वितरण, सूचना प्रविधि, भुक्तान एप, ई(कमर्श, यात्रा, यातायात, औषधि, बीमा, शेयर बजार, स्वास्थ्य सेवा, आँखा हेरचाह, खेलकुद एप, आदि छन् । 

क्याटले चीनले विभिन्न तरिकाले संसारका धेरै देशहरूमा जासुस गर्ने गरेको आरोप लगाएको छ । चीन आफ्नो अर्थव्यवस्था सुदृढीकरण गर्न सूचना संकलन गर्ने उद्देश्यले वित्तीय र औद्योगिक जासूसमा पनि संलग्न गर्ने गरेको भारतीयहरुको आरोप छ । अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा, फ्रान्स लगायतका बिभिन्न देशहरूमा चिनियाँ घुसपैठ सम्बन्धी सम्बन्धी थुप्रै घटनाहरू भेटिएको समेत आरोप लगाएको छ । 
 

प्रतिक्रिया दिनुहोस