
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यूट्यूबले लखेट्न थालेको छ । यसअघि बलिउड अभिनेत्री अलिया भट्टलाई झै उनलाई पनि अनपेक्षितरुपमा डिसलाईक प्राप्त भएको छ ।
साप्ताहिकरुपमा प्रशारण हुदै आएको ‘मन की बात’ कार्यक्रमलाई इन्टरनेट प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया दिएका छन् । आकाशवाणीमा आइतबार प्रशाराण हुने यो कार्यक्रम दुरदर्शन लगायतका अन्य निजि टेलिभिजनहरुले पनि प्रतिक्रिया प्रशारण गर्दै आएका छन् ।
यसबाहेक भारतिय जनता पाटी र मोदीको यूट्यूब च्यानलमा समेत प्रशारण हुने प्रधानमन्त्रीको यो कार्यक्रमलाई पछिल्लो इपिसोडमा भने डिसलाईकको लहर नै चलेको छ ।
आइतबार प्रशारण भएको सो कार्यक्रम भारतिय जनता पाटीको आधिकारिक यूट्यूब च्यानलमा पनि अपलोड भएको थियो । जसमा २० घण्टाको अन्तरालमा जम्मा २५ हजारले लाइक गरेका छन् भने दुई लाख ३३ हजारले भिडियो डिसलाईक गरेका छन् ।
यस्तै डिसलाइकको लहर नरेन्द्र मोदीको यूट्यूब च्यानमा समेत देखिएको छ । उनले ‘मन की बात’को ६८ औँ श्रृखलामा भारतिय उद्योगपतिहरुले खेलौनाको कारोबारमा सम्भावना खोज्न सुझाव दिएका थिए । उनले स्वदेशी निर्माणमा जोड दिदै विश्वव्यापी रुपमा खेलौना उद्योगको ७ लाख करोड भन्दा बढीको कारोबार हुने गरेकोमा त्यसमा भारतको हिस्सेदारी अत्यन्तै कम भएको बताएका थिए ।
त्यसबाहेक उनले भारतमा कम्प्यूटर गेम पनि बनाउनुपर्ने कुरामा जोड दिएका थिर्ए । उनले आफ्नो देशमा आइडिया र कन्सेप्ट पर्याप्त भएको भन्दै स्थानिय खेलौना निर्माणमा केन्द्रित हुनुपर्ने बताएका थिए ।
मोदीको यहि कुरा भारतिय जनतालाई मन परेन र डिसलाईकको सामना गर्न मोदीलाई बाध्य बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस