
चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा ‘क्लिन योर प्लेट क्याम्पिएन’ चलाए । खाना नोक्सान गर्नबाट रोक्ने यो अभियानले चीनको खाद्य संकटलाई उजागर गर्यो । संगसंगै के पनि भयो भने होटर रेष्टुँरा अथवा घरमै पनि आधा खाना खाएर अरु फाल्ने व्यावहार लाजमर्दो रुपमा स्थापित भयो ।
त्यसपछि पश्चिमा संञ्चारमाध्यमहरुले चीनमा खाद्य संकट शुरु भएको भन्ने प्राचार गर्न थाले । चीनका सरकारी सञ्चार माध्यमहरुले भने वास्तविकता त्यस्तो नरहेको तर, खाद्यन्नको सम्मान गर्ने बानी चिनियाँहरुमा विकास भएको दाबी गर्दै आए ।
त्यहाँका सरकार नियन्त्रित सञ्चार माध्यमहरुले चीनलाई खाद्य संकटबाट जोगाउन सबै प्रकारका कदम चालिएको बताइरहेको छन् । उनीहरुले सलहको नियन्त्रणदेखि अन्य प्राकृतिक प्रकोपहरुसँग समेत चीनले ठिक ढंगले सामना गरिरहेको छ । जसले गदौ चीनमा खाद्यान्नको अभाव हुन पाएको छैन ।
त्यसबाहेक चीनमा धान गहुँ र अन्य अन्नहरुको पर्याप्त भण्डारण रहेको र यस वर्ष धानको उत्पादन अझ राम्रो भएको बताएका छन् । तथापी, पश्चिमा मुुलुकहरु भने चीनले सत्य लुकाएको र वास्तवमा चीनमा ठुलै खाद्य संकट सिर्जना भइसकेको बताइरहेका छन् ।
अझै पनि विश्वका सबै मुलुकहरु वास्तवमै चीनमा खाद्यन्नको अवस्था कस्तो छ भने एकिनसाथ भन्न सक्ने अवस्थामा छैनन । किनकी चीनले सूचनाहरु नियन्त्रित रुपमा मात्र बाहिर पठाउने गरेको छ । जसले गर्दा चीनप्रति आशंका व्यक्त गर्नेहरुले चीनलाई कमजोर देखाउने पर्याप्त अवसरहरु प्राप्त गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस