
एजेन्सी। भारत सरकारले फेरी चीनसँग झडप भएको बताएको छ। बीबीसीले समाचारमा जनाए अनुसार सोमबार चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा सहमति उल्लंघन गरेको छ। भारत सरकारका अनुसार चिनियाँ सैनिकहरूले उत्तेजक कदमहरू चाल्दा झडपको स्थिति बनेको हो।
उनीहरुले बाहिरी इलाकामा यथास्थिति परिवर्तन गर्न खोजे तर भारतीय सैनिकहरूले उनीहरूलाई रोके। भारतीय सेनाको बयान पीआईबीले जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, "भारतीय सेनाले पेङग त्सो तालमा चिनियाँ सैनिकहरूको उत्तेजना रोकेको छ।" भारतीय सेना वार्ताबाट शान्ति पुनर्स्थापनाको पक्षमा छ तर यसको साथसाथै आफ्नो क्षेत्रको अखण्डतालाई जोगाउन पनि प्रतिबद्ध छ।
समाचारमा जनाइए अनुसार सम्पूर्ण विवाद अन्त्य गर्न ब्रिगेड कमाण्डर तहमा बैठक भइरहेको छ। स्मरण रहोस् यसअघी अप्रत्यासित रुपमा भारतीय र चीनियाँ सेनाबीच झडप हुँदा २० भन्दा बढी भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत चीन सम्बन्धमा ठुलो दरार उत्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस