aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्ट अब निजीको स्वामित्वमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्ट अब निजीको स्वामित्वमा

एजेन्सी । अदानी समूहले मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा ७४ प्रतिशत शेयर किन्नको लागि एक सम्झौतामा हस्ताक्षर गरेको छ । अदानी समूहले  मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टले एक विज्ञप्तिमा यो पुष्टि गरेको छ । 

यस सम्झौता सँगै अदानी निजी क्षेत्रको भारतको दोस्रो सबैभन्दा ठूलो एयरपोर्ट सञ्चालक बन्ने छ । अडानी समूहले पहिले नै देशको पीपीपी मोडेल अन्तर्गत छ वटा एयरपोर्टको अधिकार पाइसकेका छन ।

बिजनस स्ट्यान्डर्डका अनुसार गौतम अदानीको नेतृत्वमा रहेको अदानी समूहले एमआईएएलमा ७४ प्रतिशत सेयर किनेको छ ।  सम्झौताको एक हिस्साको रूपमा अदानी समूहले मुम्बई एयरपोर्टको ५०.५ प्रतिशत शेयर किनेको छ । यसबाहेक अदानी समूहले अन्य शेयरधारकहरू एयरपोर्ट कम्पनी दक्षिण अफ्रीका (एसीएसए) र बिडवेस्ट ग्रुपबाट क्रमशः १० प्रतिशत र १३.५ प्रतिशत सेयर किनेका छन । 

अदानी यस कम्पनीको सबभन्दा ठूलो सेयर होल्डर बन्नेछ ।  महत्वपूर्ण कुरा देशको सबैभन्दा ठूलो निजी क्षेत्र एयरपोर्ट अपरेटर जीएमआर समूह हो । यस सम्झौतामा कति काम भएको छ त्यो अहिलेसम्म खुलाइएको छैन  । अनुसार अदानी समूहले यस भागमा १५,००० करोड तिर्न सक्छ ।

अदानी समूहले नवी मुम्बई एयरपोर्टको पनि स्वामित्व लिन सक्दछ । जुन दोस्रो एयरपोर्ट मुम्बईमा निर्माण भइरहेको छ । किनकि एमआईएएलले यसमा उभचअभलत ७४ प्रतिशत भाग लिनेछ । 

आत्मनिर्भरता अभियानको एक भागको रूपमा सरकारले जयपुर, गुवाहाटी र तिरुवनन्तपुरम विमानस्थलहरूलाई ५० बर्ष सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमार्फत भाडामा लिने निर्णय गरेको छ । अदानी समूहले देशमा पीपीपी मोडेल अन्तर्गत छ वटा एयरपोर्टहरू सञ्चालन मर्मत सम्भार र विकासको अधिकार पायो । यसमा अहमदाबाद, लखनऊ, मंगलौर, जयपुर, तिरुवनन्तपुरम र गुवाहाटी शामिल छन् ।
 

प्रतिक्रिया दिनुहोस