aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आफ्नो फेसबुक अरुले प्रयोग गरेको यसरी थाहा पाउनुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
आफ्नो फेसबुक अरुले प्रयोग गरेको यसरी थाहा पाउनुस्

काठमाडौँ । अहिले सामाजिक संजाल चलाउनेको संख्या धेरै मात्रामा पाइन्छ । कतिलाई सकारात्मक असर पारिरहेको छ भने कतिलाई नकारात्मक असर पारिरहेको छ । सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ ।  

फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । अहिले धेरैजनाको फेसबुक ह्याक हुने समस्या पनि बढ्दो छ ।फेसबुक चलाउँदा ध्यान पुर्याउनु पर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।  

त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ । 

त्यसको लागि के गर्ने ? सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् । त्यसपछि अकाउन्ट सेटिङमा जानुस् । त्यसपछि ‘Security and login’ अप्शनमा जानुहोस् त्यसपछि ‘’Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ । 

स्मार्टफोनमा फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस् त्यसपछि ‘Security and login’ जानुहोस् त्यसपछि ‘’Where you’re logged in’ अप्शन देखिन्छ ।त्यसमा ‘See all’ मा क्लिक गर्नुस् । यसरि पनि तपाइले तपाइको फेसबुक अरु कसले चलाइरहेको छ पत्ता लगाउन सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस